×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्कासी ज्वरो आयो, काठमाडौँ ल्याउँदै गर्दा बाटोमै बिते बैंकर अमृत, लक्षण देखिएको भएपनि कोरोना रिपोर्ट नेगेटिभ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

एक्कासी ज्वरो आयो, काठमाडौँ ल्याउँदै गर्दा बाटोमै बिते बैंकर अमृत, लक्षण देखिएको भएपनि कोरोना रिपोर्ट नेगेटिभ !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकर अमृत सापकोटाको निधन भएको छ । बर्दाघाट नगरपालिका वार्ड न १६ सुर्यनगर घर भएका २० बर्षीय सापकोटाको २०७७ साल भदौ १३ गते निधन भएको हो । साइन रेशुङ्गा डेभलपमेन्ट बैंक, जिमिरेभारमा कर्जा विभागमा काम गर्ने उनलाई केहि दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरोसँगै धेरै ‘भमिट’ हुन थालेपछि उनलाई काठमाडौँ ल्याउँदै गर्दा उनको निधन भएको हो । बर्दाघाट नगरपालिका वार्ड न १६ सुर्यनगर घर भएका उनी चिसापानी क्याम्पसमा अध्ययनरत थिए । उनको असामयिक निधनले अहिले पूरै बैंक शोकमा डुबेको छ । बैंकले भर्चुअल रुपमा एक कार्यक्रम गरी उनलाई श्रद्धान्जली दिएको छ । 
सार्है मेहेनती अमृतलाई सामान्य ज्वरोले लग्यो !
२०५७-०९-०५ गते जन्मिएका अमृत सापकोटाले १८ बर्षमै बैंकिङ करियर सुरु गरेका थिए । २० बर्षमै दौडीदै गर्दा उनी साइन रेशुङ्गा डेभलपमेन्ट बैंकमा कर्जा विभागमा काम गर्न थालिसकेका थिए । कलिलो उमेर तर काममा सार्है परिपक्वता । उमेर सानो भएपनि काम ‘पर्फेक्ट’ गर्थे । ठुलाको खुब सुझावहरु लिन्थे । हरेक फाइललाई गहिरो अध्ययन गर्थे । कर्जा विभागमा काम गर्ने कर्मचारीले गर्नुपर्ने सबै काम खुब इमान्दारिताका साथ गर्थे उनी । तर मान्छेको जीवन न हो, कहाँ भर हुँदो रहेछ र ? पढाइ र बैंकको काम दुबैलाई अगाडी बढाउँदै गरेका उनी न कुनै अस्वाभाविक दुर्घटनामा परेका हुन्, न महामारीले समाएको हो । केहि समय अगाडीसम्म स्वस्थ रहेका उनलाई एक्कासी आएको ज्वरोले नै परधाम लग्यो । उनका साथीहरु अझै पनि उनी यो संसारमा छैनन् भन्ने पत्याउन गाह्रो मानिरहेका छन् । तर सत्य यहि हो, अव अमृतको भौतिक शरीर यो संसारमा छैन । 
कोरोनाको दुवै टेष्ट नेगेटिभ !
यसअघि लक्ष्मी बैंकको बर्दाघाटस्थित शाखामा एक बैंकरलाई कोरोना संक्रमण पुष्टी भएपछी अमृतले पनि आफ्नो कोरोना परिक्षण गराएका थिए । त्यतिबेला पनि उनको कोरोनाको नतिजा नेगेटिभ थियो । तर केहि दिन उनलाई एक्कासी ज्वरो आयो । ‘भमिट’ पनि हुन थाल्यो । सार्है गाह्रो भएपछी उनलाई काठमाडौँ ल्याउने तरखर गरियो । कोरोनाको लक्षण भएकाले कोरोना संक्रमण भयो कि भनेर सबै त्रासमात थिए । तर बाटोमै उनले प्राण त्यागे । कोरोनाकै लक्षण देखिएपछि उनको परिक्षण भएको थियो । तर उनको नतिजा ‘नेगेटिभ’ आयो । अर्थात उनको मृत्यु भएको कारण कोरोना संक्रमण नभएको पुष्टी भयो । यसो त उनी स्वस्थ नै थिए । अस्पताल पुग्नुपरेका कारण बैंकबाट बिदा लिएको रेकर्ड उनले काम गरिरहेको बैंकमा छैन । लक्षण कोरोनाकै भएपनि उनको रिपोर्ट नेगेटिभ आएसँगै उनको निधनको कारण सामान्य ज्वरो भएको देखियो । यसो त उनले त्यसअघि पनि कोरोनाको परिक्षण गराएका थिए । आफुले काम गर्ने बैंक नजिकै रहेको अर्को बैंक, लक्ष्मी बैंकमा एक कर्मचारीलाई कोरोना संक्रमण भएपछी गरिएको टेष्टको नतिजा त्यो बेला पनि ‘नेगेटिभ’ आएको थियो ।
मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा अर्थ सरोकार गहिरो समवेदना प्रकट गर्दछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: