×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुन: निषेधाज्ञा हुने हल्लाले बैंक तथा वित्तीय संस्थामा भिडभाड बढ्यो, कोरोनाको ब्यापक जोखिम…! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

पुन: निषेधाज्ञा हुने हल्लाले बैंक तथा वित्तीय संस्थामा भिडभाड बढ्यो, कोरोनाको ब्यापक जोखिम…! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । कोभिड संक्रमणको जोखिमका बाबजुदपनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइचो बढेको छ । बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ । दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोलेपनि भिड बढेको देखिएको छ । 
कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडक सम्मै आएको देखिएको छ । कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नै पर्ने बाध्यता रहेको छ । 
यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरीपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: