×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भन्यो – ‘संक्रमण झनै बढ्यो, नवरात्रीमा कुनैपनि शक्तिपिठ नखोल्नू’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भन्यो – ‘संक्रमण झनै बढ्यो, नवरात्रीमा कुनैपनि शक्तिपिठ नखोल्नू’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कोरोना भाइरसको महामारी अझै धेरै फैलिन सक्ने भन्दै  यस वर्षको नवरात्रीमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्ले अर्को निर्णय नगरुन्जेलसम्मको लागि मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नभएको भन्दै दशैंमा शक्तिपीठमा नित्यपूजाका लागिबाहेक प्रवेश नदिन गृहद्वारा जारी परिपत्रमा उल्लेख छ । यस्तै यता संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भने असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएको थियो । तर उक्त बिषयमा कुनै निर्णय भएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: