×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको नयाँ शाखा दाङको लमहीमा, कति पुग्यो कुल शाखा संख्या ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकको नयाँ शाखा दाङको लमहीमा, कति पुग्यो कुल शाखा संख्या ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंक लिमिटेडले दाङ जिल्लाको लमहीमा १९२औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा लमहीमा १९२औं शाखाको आईतबार उद्घाटन गरेकाे हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी व्यवसाय कर्जाको सुरुवात गरेको जानकारी गराए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: