×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive Report : पत्रकार दुर्व्यवहार गरेका हाकिमको कार्यालयमा आइतबार के भएको थियो ? हेर्नुहोस् पूरा भिडियो…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

Exclusive Report : पत्रकार दुर्व्यवहार गरेका हाकिमको कार्यालयमा आइतबार के भएको थियो ? हेर्नुहोस् पूरा भिडियो…!

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
आइतबार अर्थ सरोकार सुदूरपश्चिम ब्युरो कार्यालयमा मालपोतका सेवाग्राहीको फोन आयो – ‘हामी घन्टौं लाइनमा बसेका छौं, भित्रभित्रै काम भइरहेको छ, मालपोत कार्यालय कैलालीमा । ‘ सो सूचनालाई विश्वास गर्ने आधार के छ त ? हाम्रो प्रश्नमा ती सेवाग्राहीले भने, -‘यहाँ आएपछी सबै कुरा छर्लंग देखिन्छ ।’ सेवाग्राहीको सो सूचनाको फलो गर्दै अर्थ सरोकारका क्यामरापर्सन गोप्य क्यामरा लिएर मालपोत कार्यालय पुगे । नभन्दै दृश्य त्यस्तै देखियो । सूचनामा सेवाग्राहीले भनेजस्तै केहि व्यक्तिहरु भित्र पसेर खुरुखुरु काम गरिरहेका थिए । र हाम्रा सम्बाददाताले त्यो खिचे । 
मालपोत कार्यालयका कर्मचारी यतिसम्म बाठा रहेछन् कि उनीहरुले गोप्य क्यामरासमेत चिन्ने रहेछन् । भित्रभित्रै खुसुखुसु काम गरिरहेका कर्मचारीले भनिहाले -त्यो क्यामरा बन्द गर्नुस् । अव गोप्य क्यामराको आवश्यकता परेन । हामीले मोबाइलले केहि दृश्य खिच्यौं । जुन दृश्य यहाँ भिडियोमा छ । 
त्यसपछि अर्को मुख्य क्यामरा लिएर हाम्रा सम्बाददाता सुदर्शन श्रेष्ठ त्यहाँ पुगे । त्यसपछि सेवाग्राहीको गुनासो क्यामरामा कैद गर्न सुरु भयो । सेवाग्राहीको गुनासोपछी हामीले त्यसरी खुसुखुसु भित्र मान्छेहरु लगेर काम गराउने कर्मचारीलाई यस विषयमा सोध्यौं । यो सब दृश्य खिचीरहंदा अर्का एक कर्मचारी बोले, – ‘म पनि केहि बोल्छु । ‘ हामीले उनलाई बोल्न दियौं । उनले भने हाम्रो अफिसमा मेनपावर पुगेन ।’
त्यसपछि हामी यस विषयमा जवाफ माग्न हाकिमकहाँ पुग्यौं । हाकिम माथि घाम तापीरहेका थिए । हाकिम परेछन् सार्है ‘जिम्मेवारहीन’ । आफ्नो कार्यालयको सेवाग्राहीलाई परेको गुनासो र कर्मचारीहरुले भित्रभित्रै खुसुखुसु काम गरिरहेको बारे हामीले सोध्दा उनी यसरी जंगिए कि मानौं हामीले उनका दुई किड्नी नै मागेका थियौं । 
उनी यतिकैमा रोकिएनन्, उनले पत्रकारमाथि दुर्व्यवहार गरे, अपशब्द बोले । त्यसपछि र त्यससंगै के के भयो भिडियोमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: