निफ्राको सेयरमा झुमिए लगानीकर्ता, कारोबार र मूल्य सर्वाधिक बढ्यो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सेयरमा लगानीकर्ताहरु झुमिएका छन् । आज बुधबार मात्रै बैंकको सबै भन्दा धेरै कारोबार भएको छ भने लगानीकर्ताहरुले सबैभन्दा धेरै नाफा कमाउन सफल पनि भएका छन् । आज यस बैंकको ६९ करोड ४३ लाखमाथिको सेयर कारोबार भएको छ ।

आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको बैंकको मूल्य निरन्तर सर्किट लेभलमै बढीरहेको छ । प्रतिकित्ता रू. ३४० देखि खुलेको निफ्राको शेयर मूल्य बुधवार सर्वाधिक ९ दशमलव ९६ प्रतिशत बढेर रू. ४९७ पुगेको छ । यता आज नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११।४५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्बमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : Wednesday, February 17, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal