×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको अवज्ञा गर्ने तीन जना एक महिनाका लागि जेल चलान

PRIME CA

निषेधाज्ञाको अवज्ञा गर्ने तीन जना एक महिनाका लागि जेल चलान

अर्थ सरोकार

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । निषेधाज्ञाको अवज्ञा गर्ने तीन जना एक महिनाका लागि कारागार चलान भएका छन् । प्रहरीले रुपन्देहीमा  निषेधाज्ञाको अवज्ञा गर्ने तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले ७ जना पुरुषसहित् ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएकाहरुले प्रहरीसँग विवाद पनि गरेका  थिए ।
जसमा उनीहरुलाई जरिवाना गरिएको थियो । प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका ३ जना भने कारागार चलान भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार कारागार चलान भएका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: