×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका आधाभन्दा बढी शाखा बन्द गर्ने तयारी, खुल्ने शाखाको हकमा एउटा बाइक र एउटा गाडीलाई मात्र पास !

PRIME CA
laxmi sunrise bank

बैंकका आधाभन्दा बढी शाखा बन्द गर्ने तयारी, खुल्ने शाखाको हकमा एउटा बाइक र एउटा गाडीलाई मात्र पास !

अर्थ सरोकार

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन विशेषआदेश जारी गरिने भएको छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरकारी कर्मचारीलाई सम्बन्धित कार्यालयबाट अत्यावश्यक र अनुमति दिइएका सेवा प्रवाहका लागि सीमित सवारी पास मात्रै जारी गर्ने, बैंक तथा वित्तीय संस्थाका हकमा एउटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी चलाउन दिइनेगरी अर्को आदेश जारी गर्न लागेका छन् ।
भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले यस विषयमा तीनवटै प्रशासनको संयुक्त छलफल भएको र छिट्टै निर्णय सार्वजनिक गरिने बताएका छन् । ‘अब बैंक तथा वित्तीय संस्था र तोकिएका सेवा प्रवाहका लागि सरकारी कार्यालय र आवागमनका लागि यसअघि जारी गरिएका निषेधाज्ञामा थप केही कडा प्रावधान ल्याउनेबारे छलफल भएको छ । यसलाई छिट्टै अन्तिम रुप दिइनेछ ।’ उनले भने ।
वैशाख १६ मा जारी गरिएको एक साता लामो निषेधाज्ञा बुधबार सकिँदैछ । त्यसको अघिल्लो दिन मंगलबार नै यी थप कडा प्रावधान समेटेर निषेधाज्ञा अवधि वैशाख मसान्तसम्म पुर्‍याउने तीनवटै प्रशासनको तयारी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: