×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माफियाहरुको धन्दा सुक्ने भो ! टिएमएसबाट चलखेल गरेको भेटिएपछी आइतबारदेखि AON सुविधा हट्ने !

PRIME CA

माफियाहरुको धन्दा सुक्ने भो ! टिएमएसबाट चलखेल गरेको भेटिएपछी आइतबारदेखि AON सुविधा हट्ने !

अर्थ सरोकार

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । टिएमएसको एउटा लुपहोलको फाइदा उठाउने माफियाहरुको धन्दा अन्तत: सुक्ने भएको छ । धितोपत्र बोर्डले नेप्सेको टिएमएसमा रहेको (एओएन-AON) सुविधा हटाउन नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेपछी माफियाहरुको धन्दा सुक्ने भएको हो । एओएनको सुविधाको दुरुपयोग गर्दै लगानीकर्ताहरुलाई भ्रममा पार्ने काम भएको भन्दै चौतर्फी धितोपत्र बोर्डको आलोचना हुँदै आएको थियो।

ठूला लगानीकर्ताहरुले एओएनभित्र गएर खरीद तथा बिक्रीतर्फ एकैपटक ठूलो परिमाणको सेयर कित्ता राखेर सेयरको कृतिम भाउ बढाउने काम गरिरहेका थिए । पछिल्लो समय गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सेयरमूल्य पनि यहि कारण बढेको विश्लेषण गरिएको थियो। अन्तत: बोर्डले पनि यहि निष्कर्ष निकालेको छ ।

अव यो सुविधा हटेसँगैठूला लगानीकर्ताले पनि सर्वसाधारणले झै कारोबार गर्नुपर्नेछ ।

यो सुविधा हटाउने निर्णय भएपनि ठुलाको दबाबमा धितोपत्र बोर्डले फेरी ल्याउन सक्नेतर्फ भने सबैको शंका छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: