बढ्यो कोक, फ्यान्टा र स्प्राइटको भाउ, कसको भाउ कति पुग्यो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोक, फ्यान्टा र स्प्राइटको भाउ बढेको छ । एक सूचना जारी गर्दै वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले उत्पादनको भाउ बढेकाले कोक, फ्यान्टा र स्प्राइटको भाउ बढेको जनाएको हो  ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ । यसअघि १४० रुपैयाँमा यी उत्पादन सजिलै पाइने गर्दथियो । यस्तै कम्पनीले कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ तोकेको छ । यता २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ । 

यसअघि २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट २०० रुपैयाँ प्रति बोतलमा उपलब्ध हुँदै आएको थियो । कम्पनीले २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ वोतल) को मूल्य १ हजार ३५० रुपैयाँ तोकेको छ ।
प्रकाशित मिति : Saturday, June 05, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal