×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा ७९ जना कोरोना संक्रमित थपिए, ३० जना भए ‘डिस्चार्ज’

PRIME CA

प्रदेश १ मा ७९ जना कोरोना संक्रमित थपिए, ३० जना भए ‘डिस्चार्ज’

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

विराटनगर। प्रदेश १ मा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। 

मन्त्रालयका अनुसार आइतबार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३० जना डिस्चार्ज भएका छन् ।प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: