- अर्थ सरोकार सम्बाददाता
विराटनगर। प्रदेश १ मा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
मन्त्रालयका अनुसार आइतबार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।
प्रदेश १ मा आइतबार ३० जना डिस्चार्ज भएका छन् ।प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् ।