×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ५ मा १९ जनाले जिते काेराेना, अस्पतालबाट ‘डिस्चार्ज’

PRIME CA

प्रदेश ५ मा १९ जनाले जिते काेराेना, अस्पतालबाट ‘डिस्चार्ज’

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बुटवल

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवल र दाङका दुई आइसोलेसन सेन्टरबाट १९ जनाले काेराेनालाई जितेको छ । बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको भवनमा बनाइएको आइसोलेसन सेन्टरबाट ९ जना र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित कोरोना निको भएर आइतबार डिस्चार्ज भएका हुन् ।
एन्फा एकेडेमी भवनको आइसोलेसनमा जेठ ११ गतेदेखि रहेका कपिलवस्तु बांणगंगा नगरपालिकाका ८ वर्षीया बालिका र १९ वर्षदेखि ५३ वर्ष उमेरका ७ जना पुरुष गरी ८ जना तथा रुपन्देहीको गैडहवाका २८ वर्षीय पुरुष डिस्चार्ज भएकाे लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका प्रमुख डा. नलिननाथ तिवारीले बताए । ४१ जना उपचाररत रहेका मध्ये ९ जनाको पछिल्लाे दुई वटा पीसीआर परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. तिवारीले बताए । अब एन्फा एकेडेमीको आइसोलेसनमा ३२ जना संक्रमित उपचाररत छन् ।
यसैगरी आइतबार नै दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट बाँकेका पाँच, दाङका दुई, कपिलवस्तुका दुई र बर्दियाका एकजना उपचारपछि निको भएर घर फर्किएका छन् । १४ दिन आइसोलेसनमा बसेपछि ५ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको र अन्य पाँचजनामा कुनै लक्षण नै नदेखिएकाले स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । सो अस्पतालमा अब ४५ जना संक्रमित उपचाररत रहेकाे र उनिहरूको अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।
सयसँगै प्रदेश ५ मा हालसम्म उपचारपछि निको भएर घर फर्किनेहरूको संख्या १ सय ४३ पुगेको छ । प्रदेश ५ मा ८ सय ६० जना कोारेना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: